
९ जेठ, काठमाडौं । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए ।
टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७स्२९ बजे विस्फोट भएको हो ।
घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । उद्धार कार्य अझै जारी रहेको छ ।













