Skip

Hamro Sanchar

अमेरिकि विदेशमन्त्री रुबियो किन आए भारत ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


९ जेठ , काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो आधिकारिक भ्रमणका लागि आज बिहान भारत आइपुगेका छन्।

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विदेशमन्त्री रुबियो शनिबार बिहान भारतको कोलकाता आइपुगेका हुन्।

सर्जियो गोरले एक्समा लेखेका छन्, ‘मार्को रुबियो भारत भ्रमणमा छन्। उनी शनिबार कोलकाता आइपुगेका छन्, यो उनको पहिलो भारत भ्रमण हो। आज उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। भेटवार्तामा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दामा छलफल गर्ने कार्यक्रम छ।’

रुबियो क्वाड समूहका देशका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन भारत आएका हुन्। क्वाडमा अमेरिका, जापान, भारत र अस्ट्रेलिया समावेश छन्।

भारतका लागि अमेरिकी राजदूत गोरका अनुसार ‘क्वाड बैठक अमेरिका-भारत साझेदारीलाई अझ बलियो बनाउने ट्रम्पको दृष्टिकोणलाई अगाडि बढाउन केन्द्रित छ।’

रुबियो मे २३ देखि २६ सम्म भारत भ्रमणमा रहनेछन्। यस अवधिमा उनले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्ली भ्रमण गर्नेछन्


प्रतिकृया दिनुहोस्