Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युद्ध अन्त्यका लागि इरानसामु अमेरिकाले राखेका ५ सर्त यस्ता छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


Advertisement

४ जेठ , काठमाडौं । अमेरिकाले इरानसँग शान्ति प्रक्रिया अगाडि बढाउन पाँच प्रमुख सर्त राखेको छ।

इरानको समाचार एजेन्सी फार्सले लेखेअनुसार त्यसमा बम विस्फोटबाट भएको नोक्सानबापत अमेरिकाले इरानलाई कुनै क्षतिपूर्ति नदिने उल्लेख छ।

अनि इरानले ४०० किलोग्राम समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने पनि भनिएको छ।

अमेरिकाको अर्को सर्त इरानमा एउटा मात्र आणविक ऊर्जा संयन्त्र सञ्चालनमा रहनुपर्छ भन्ने छ।

साथै अमेरिका इरानको विदेशी सम्पत्तिमध्ये २५ प्रतिशतभन्दा बढी जारी गर्ने पक्षमा छैन।

रिपोर्टअनुसार अमेरिका लेबननसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय वार्तामार्फत समाधान गर्न चाहन्छ।

यद्यपि उल्लिखित सर्त अमेरिका वा इरान दुवैले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

यसैबिच इरानले अमेरिकालाई होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी हटाउन आग्रह गरेको छ।

अन्यथा ओमान सागरलाई अमेरिकी सेनाको चिहानमा परिणत गरिदिने धम्की इरानले दिएको छ।


प्रतिकृया दिनुहोस्