Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानलाई ट्रम्पको कडा चेतावनी : नत्र केही पनि बाँकी रहन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


Advertisement

४ जेठ, काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।

अमेरिका र इरानबिच केही हप्तादेखि युद्धविराम छ, तर द्वन्द्व स्थायी रूपमा अन्त्य भइनसकेको अवस्थामा ट्रम्पले अब समय सकिँदै गएको बताएका छन्।

दोस्रो चरण वार्ता गर्ने प्रयास अवरुद्ध भएपछि ट्रम्पले इरानलाई घडीको सुई छिटो-छिटो घुमिरहेको चेतावनी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानका लागि घडी टिकटिक गर्दै छ, उनीहरू छिटो अघि बढेको राम्रो, नत्र तिनीहरूको केही पनि बाँकी रहनेछैन। समय धेरै मूल्यवान छ।’

अर्कातर्फ इरानी सञ्चारमाध्यमले इरानको पछिल्लो प्रस्तावमा अमेरिकाले कुनै काम नगरेको उल्लेख गरेको छ।

समाचार एजेन्सी मेहरले भनेको छ, अमेरिकाले सम्झौता नगर्दा वार्ता रोकिएको छ।

पाकिस्तानमा भएको पहिलो वार्ता असफल भएपछि अमेरिका र इरान दोस्रो चरण वार्तामा बस्ने वातावरण नबन्दा फेरि आक्रमण सुरु हुने संकेत देखिएका छन्।


प्रतिकृया दिनुहोस्