Skip

Hamro Sanchar

इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


२ जेठ, काठमाडौं । अमेरिकाले इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको छ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले भनेका छन्, दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे २९ मा पेन्टागनमा सुरु हुनेछ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रिल १६ मा युद्धविरामको घोषणा गरे पनि इजरायल र हेजबुल्लाहबिच गोलाबारी जारी रह्यो।

बुधबार मात्र लेबननी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा २२ जनाको मृत्यु भएको बताएको थियो, जसमा आठ बालबालिका पनि थिए ।


प्रतिकृया दिनुहोस्