
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रमले विज्ञान प्रविधि नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।
संयुक्त संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रमले नवप्रवर्तन तथा अनुसन्धानलाई नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरूलाई जनताले चिनुन् । र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई जनताले भोट नदिउन्, उनले भनेका छन् ।
पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन् ।














