Skip

Hamro Sanchar

पूर्व‘भीआईपी’ को विदेशमा उपचार खर्च रकम फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीसहितका पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराएबापत राज्यकोषबाट खर्च लिने कार्य गैरकानुनी रहेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

उपचार खर्चबापतको रकम फिर्ता गराउन माग राखेर सरोज न्यौपानेले आज रिट दर्ता गराएका हुन् ।

रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला समेतलाई विपक्षी बनाइएको छ ।

रिटमाथि सुनुवाइका निम्ति शुक्रबार (वैशाख २५)लाई पेसी तय गरिएको छ ।

पूर्वविशिष्टहरूलाई कानुन नभए पनि कार्यविधिका आधारमा विदेशमा गरिने उपचार खर्च व्यहोरिँदै आएको जिकिर रिटमा छ ।

स्वदेशकै अस्पतालमा हुने उपचार विदेशमा गराउने कार्यले राज्यकोषको दोहन हुने दाबी समेत गरिएको छ ।

सर्वोच्चले पनि विदेशमा गरिने उपचारबापत सरकारी खर्च नव्यहोर्न यसअघि सरकारलाई परमादेश दिएको थियो ।

 


प्रतिकृया दिनुहोस्