Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरान र अमेरिका युद्ध अन्त्य हुने संकेत : चाँडै १४ बुँदे सम्झौतामा पुग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


Advertisement

२४ बैशाख, काठमाडौं ।।इरानले युद्ध अन्त्यका लागि अमेरिकाले गरेको प्रस्तावमा विचार गरिरहेको बताएको छ।

मिडिया रिपोर्टहरूले दुई देशबिच चाँडै सम्झौता हुने संकेत गरेका छन्।

अमेरिकी समाचारमाध्यम एक्सियोसले उल्लेख गरेअनुसार ह्वाइट हाउसले इरानसँग चाँडै १४ बुँदे सम्झौतामा पुग्ने आशा गरेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि अमेरिकाले पठाएको प्रस्तावका विषयमा आफ्ना धारणा पाकिस्तानी मध्यस्थकर्तासमक्ष पेस गर्ने बताएका छन्।

पाकिस्तानका विदेशमन्त्री इस्माइक दारले भनेका छन्, ‘हामी इरान र अमेरिकाबिचको युद्ध अन्त्य गर्न प्रयास गरिरहेका छौँ।’

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बितेका २४ घण्टामा इरानसँग धेरै राम्रो कुराकानी भइरहेको र सम्झौता सम्भव रहेको दाबी गरेका छन्।

एक्सियोसको रिपोर्टमा भनिएको छ, ‘सम्भावित सम्झौतामा इरानको आणविक संवर्धन रोक्ने, प्रतिबन्ध हटाउने र होर्मुज स्ट्रेटबाट आवतजावत खुला गर्ने कुरा छन्।’

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। यद्यपि केही हप्तादेखि युद्धविराम गरिएको छ।

यसबिच पाकिस्तानले स्थायी रूपमै लडाइँ अन्त्य गराउन मध्यस्थता गरिरहेको छ।


प्रतिकृया दिनुहोस्