Skip

Hamro Sanchar

सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने कांग्रेसको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


Advertisement

२३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला गर्न लागेको जनाएको छ। आज बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले यसबारे जानकारी गराएका हुन्।

कांग्रेसले वैशाख र जेठमा हरेक प्रदेशमा दुई दिने भेला गर्ने तय गरेको छ। जसमा वैशाख २६ र २७ गते सुदूरपश्चिमको धनगढीमा वैशाख २८ र २९ गते कर्णालीको सुर्खेतस्थित लेकवेसीमा, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरामा भेला गर्ने तय भएको छ।

त्यस्तै, जेठ ४ र ५ गते बागमतीको धुलिखेलमा, जेठ ६ र ७ गते मधेस प्रदेशको वर्दिवासमा, जेठ ८ र ९ गते कोसी प्रदेशको सुनसरीस्थित लौकीमा जेठ १४ र १५ गते लुम्बिनीको तिलोत्तमामा भेला गर्ने जनाइएको छ।

यस्तै, बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ। यसअघि बैठकमा बोल्दै कांग्रेस सभापति गगन थापाले प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे बोलेका थिए ।


प्रतिकृया दिनुहोस्