Skip

Hamro Sanchar

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माद्वारा राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


२३ बैशाख, काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलिप शर्माले राजीनामा दिएका छन्।

डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन।

सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न अध्यादेश ल्याएको थियो। अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल)का पदाधिकारी पदमुक्त भइसकेका छन्।

डा। शर्माले समेत राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ।

सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार, आफूले राजीनामा दिएको डा। शर्माले बताए। अध्यादेशका आधारमा उनी पदमुक्त भने भएका थिएनन्।


प्रतिकृया दिनुहोस्