
२३ बैशाख, काठमाडौं । अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अमेरिका र इरानबिचको युद्धविराम जारी रहेको बताएका छन्।
बीबीसीका अनुसार हेग्सेथलाई सोधिएको थियो, ‘होर्मुज स्ट्रेटमा अमेरिकाले गरिरहेको कारबाही युद्धविराम सकिएको संकेत हो कि होइन ?’
उनले जवाफ दिए, ‘होइन। युद्धविराम अझै समाप्त भएको छैन। यो एउटा छुट्टै र विशेष परियोजना हो।’
यस क्रममा हेग्सेथले इरानलाई सावधानीपूर्वक कदम चाल्न र फेरि युद्ध सुरु गर्ने गरी सीमा ननाघ्न चेतावनी पनि दिए। उनले थपे, ‘अहिलेका लागि युद्धविराम कायमै छ।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २२ मा इरानसँग युद्धविराम अनिश्चितकालसम्म विस्तार गर्ने निर्णय गरेका थिए।
यद्यपि पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको छ।
जुन अहिलेसम्म कायमै छ र यो अमेरिका र इरानबिच तनाव बढाउने एक प्रमुख कारक बनेको छ।













