
२२ बैशाख, काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा अमेरिकी नौसेनाका जहाजमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।
इरानी समाचार एजेन्सी फार्सका अनुसार इरानले अमेरिकी जहाजमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको हो।
आक्रमणका कारण क्षति भएपछि जहाज पछि हट्न बाध्य भएको थियो।
रिपोर्टअनुसार, अमेरिकी जहाजले इरानी नौसेना चेतावनी बेवास्ता गर्दै होर्मुजबाट जान खोज्दा आक्रमण भएको हो।
यद्यपि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले होर्मुज स्ट्रेटमा आफ्नो कुनै पनि जहाजमा आक्रमण भएको कुरा अस्वीकार गरेको छ।
सेन्टकमले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेको छ, अमेरिकी सेना परियोजना स्वतन्त्रताअन्तर्गत होर्मुजमा सञ्चालन भइरहेको छ।













