Skip

Hamro Sanchar

त्रिवि उपकुलपतिसहित सबै पदाधिकारीले दिए सामुहिक राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


१७ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका छन् ।

हालै सरकारले सिफारिस गरेको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार कुलपति वालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।


प्रतिकृया दिनुहोस्