Skip

Hamro Sanchar

पूर्व मन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो ।

खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए ।

खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । तर, विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ ।

सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ ।

खड्काको रिटमा सर्वोच्च्ले बुधबारललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले रिट दायर गरेकी थिइन् । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो।


प्रतिकृया दिनुहोस्