Skip

Hamro Sanchar

लेखा समितिमा कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाले सघाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपाका सांसद युवराज दुलालले जानकारी दिएका हुन् ।

उनका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विषयमा विपक्षी दलहरूबीच सहमति जुटेको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता प्रक्रिया सुरू हुँदैछ ।


प्रतिकृया दिनुहोस्