Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई गाली गर्दै  भिडियो बनाउने युट्युबर पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २९ गते


२९ चैत, काठमाडौं । प्रधानमन्त्री लगाएत अन्य नेताहरुलाई गाली गर्दै भिडियो बनाउने युट्युबर पक्राउ परेका छन् ।

गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

हाल उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्