
२८ चैत, काठमाडौं । इरान र अमेरिकाबीचको युद्धको स्थायी समाधानका लागि आज वार्ता हुँदैछ । पाकिस्तानको इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।
बीबीसी उर्दुका अनुसार अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगेका छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको बताएको हो।
उनिहरुलाई पाकिस्तानका राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वीले विमानस्थलमा स्वागत गरेका थिए । इरानका अनुसार इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।
स्थायी युद्धविरामका लागि हुन लागेको यो वार्ताको मध्यस्थता पाकिस्तानले गरेको भए पनि स्थायी समाधान सुनिश्चित गर्न चीनको भूमिका निर्णायक हुने विज्ञहरूलाई उद्धृत गर्दै एएफपीले जानकारी दिएको छ ।
आजको वार्तामा पाकिस्तानका सभामुख मोहम्मद बाकर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भेन्सबीच हुने छलफलमा चिनियाँ प्रतिनिधिहरूको उपस्थितिलाई पनि निकै अर्थपूर्ण रूपमा हेरिएको छ । साथै दुई हप्ते अस्थायी युद्धविरामका लागि इरानलाई मनाउन चीनको ठूलो भूमिका थियो ।














