
काठमाडौं । बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प स्थानीय समय बिहीबार बिहान ६स्४८ बजे मुलुक्का सागरमा गएको हो।
भूकम्पको केन्द्रबिन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो।
हवाईस्थित सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुदेखि हजार किलोमिटर पर इन्डोनेसिया, फिलिपिन्स र मलेसियाको तटीय क्षेत्रसम्म समुद्री छाल पुग्ने सम्भावना रहेको जनाएको छ।
भूकम्पबाट क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।













