Skip

Hamro Sanchar

एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने , थापा र नेम्वाङ प्रतिस्पर्धामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।


प्रतिकृया दिनुहोस्