Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानले भन्यो : क्षतिपूर्ति नपाएसम्म युद्ध रोकिँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


Advertisement

काठमाडौं । इरानले जारी द्वन्द्वबाट पछि नहट्ने अडान लिएको छ । आफ्नो क्षतिको पूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले सबै आर्थिक प्रतिबन्ध हटाइनुर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।

टेलिभिजनमा प्रसारित वक्तव्यमा उनले भनेका छन्, ‘इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको छ र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले परिस्थितिलाई दृढतापूर्वक सम्हालिरहेको छ।’

यसअघि इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीलाई पूर्ण सजायको माग गरिरहेको बताएका थिए।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानविरुद्ध हमला जारी रहेको बताएका छन्


प्रतिकृया दिनुहोस्