Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कतारको पेट्रोलियम प्लान्टमा इरानले गर्‍यो मिसाइल आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ५ गते


Advertisement

काठमाडौं । इरानले कतारको पेट्रोलियक प्लान्टमा मिसाइल आक्रमण गरेको छ ।

आफ्नो देशको विश्वकै ठुलो ग्यास क्षेत्र साउथमा इजराइल र अमेरिकाले आक्रमण गरेपछि तेसैको बदलामा इरानले रास लाफान औद्योगिक क्षेत्रमा हमला गरको हो ।

कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणले आफ्नो मुख्य ग्यास प्लान्टमा आगो लागेको र ठुलो क्षति भएको उल्लेख छ। यसपछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

रोयटर्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी तिमीलाई फेरि एकपटक चेतावनी दिन्छौँ- इस्लामिक गणतन्त्रको ऊर्जा पूर्वाधारमा आक्रमण गरेर गम्भीर गल्ती गरेका छौ। यदि यो दोहोरियो भने तिम्रा र तिम्रा सहयोगीका ऊर्जा पूर्वाधार पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण रोकिने छैन।’

साउदी अरेबियाले पनि पूर्वी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई लक्ष्य गरी ड्रोन प्रहार गरिएको बताएको छ। ब्यालिस्टिक मिसाइलको भग्नावशेष रियादको दक्षिणमा रहेको एक रिफाइनरी नजिकै खसेको छ।

होर्मुज स्ट्रेटबाट ढुवानी लगभग बन्द हुनुभन्दा अघि नै बढेको तेलको मूल्य बिहीबार झन् उकालो लागेको छ। अमेरिकी कच्चा तेलको मुख्य सूचकांक ३ प्रतिशतभन्दा माथि पुगेको छ।

कतारको सबैभन्दा ठुलो ऊर्जा प्लान्टमा क्षेप्यास्त्र आक्रमण भएपछि रास लाफानको क्षेत्र खाली गराइएको छ। रास लाफानमा लागेको आगो केही घण्टापछि नियन्त्रणमा लिइएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ। घटनामा कोही पनि घाइते भएका छैनन् ।


प्रतिकृया दिनुहोस्