Skip

Hamro Sanchar

यसपल्ट जनताले रास्वपा रोजे, खाँबो चिथोर्न बन्द गरे हुने : गोकुल बास्कोटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ४ गते


काठमाडौं ।नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार कसरी चलाउला भनेर अहिले नै टिकाटिप्पणी गर्नु बेकार भएको बताएका छन्।

नयाँ सरकारले काम थालेको ३ महिनासम्म अरूले नबोल्नु नै उचित हुने सुझाव पूर्वमन्त्री बास्कोटाले दिएका छन्।

रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरीरु त्यो उनीहरूकै कुराु, बुधबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो। जनता साझा थिए, छन् र हुने नै छन्। फरक कति मात्र हो भने आमजनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझ यसो भनौँ उनका वाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने ।


प्रतिकृया दिनुहोस्