Skip

Hamro Sanchar

इजरायलको दाबी : इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३ गते


काठमाडौं । इसराइलका रक्षामन्त्री इसराइल काट्जले इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीको मृत्यु भएको दाबी गरेका छन् ।

काट्जले एक विज्ञप्ति जारी गर्दै आफूले अहिले भर्खरै इरानका एक उच्च सुरक्षा अधिकारीको मृत्युबारे जानकारी प्राप्त गरेको बताएका छन् ।

तर, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अली लारिजानी जीवित रहेको र उनले चाँडै सार्वजनिक सन्देश जारी गर्ने दाबी गरेका छन् ।

इरानको नेसनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीलाई मारिएका हुन् वा घाइते भएका हुन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

अली लारिजानी इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका प्रभावशाली सचिव हुन् । उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियनले उक्त पदमा नियुक्त गरेका थिए । साथै, उनी इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईका प्रतिनिधिका रूपमा पनि चिनिन्छन् ।

यसअघि सोमबार साँझ लारिजानीले एक सूचना जारी गर्दै इस्लामिक देशहरूको सरकारको आलोचना गरेका थिए ।

उनले ‘विश्वका मुस्लिमहरू र इस्लामिक देशहरूका सरकारलाई सम्बोधन गर्दै लेखेका थिए, “के तपाईंहरूलाई थाहा छ, केही सीमित घटनाबाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई किन सहयोग गरेको छैन ?


प्रतिकृया दिनुहोस्