Skip

Hamro Sanchar

दुबई अन्तराष्ट्रिय विमानस्थल नजिक ड्रोन हमला : तेल टंयाङकीमा आगो लाग्यो, उडान ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


काठमाडौं । संयुक्त अरब इमिरेट्स (दुबइ) को अन्तराष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ ।

सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकैको इन्धन टंयाङकीमा आगलागि भएको दुबइको सञ्चारमाध्यम अफिसले जनाएको छ । रोयटर्सका अनुसार आगो नियन्त्रनमा लिने काम भइरहेको छ भने मानविय क्षति भने भएको छैन ।

सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । उक्त हमलापछि उडान बन्द भएको छ ।


प्रतिकृया दिनुहोस्