
काठमाडौ । इरानले विश्वभर पेट्रोलियम ढुवानीको एक प्रमुख समुन्द्री मार्ग स्ट्रेट अफ होर्मुज अमेरिका र इजराइलको जाहजका लागि मात्रै बन्द गरिएको स्पष्ट पारेको छ ।
इरानका विदेशमन्त्री अब्बाज अरघचिले ओमान खाडि फारस रबीचक पर्ने यो समुन्द्री मार्ग पुर्ण रुपमा बन्द नगरिएको बताए । अमेरिका र इजराइलबाहेक अन्य देशलाई भने आउजाउ गर्ने दिएको जानकारी दिएका छन् ।
एक अन्तर्वातामा उनले यस्तो बताएका हुन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने समुन्द्री मार्ग खुल्ला राख्नका लागि विभिन्न देशहरुले आफ्ना युद्धपोत पठाउन सक्ने बताएका छन्।














