
काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।
अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ।
जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन्। अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक र्यालीमा देखिएको थियो।
अमेरिकाको दाबीअनुसार उनीहरूले आईआरजीसीका सैन्य एकाइका विभिन्न भागको नेतृत्व र सञ्चालन गर्छन् ।














