Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इराकमा दुर्घटना भएको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


Advertisement

काठमाडौं । पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी दिएको हो।

केन्द्रीय कमान्डको दाबीअनुसार अपरेसन एपिक फ्युरीका क्रममा सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो।

कमान्डले एक्समा लेखेको छ, घटनाबारे अनुसन्धान भइरहेको छ। यद्यपि विमान कुनै शत्रुको गोलीबाट खसेको होइन।ु

तर रोयटर्सका अनुसार त्यो विमान इराकको इस्लामिक रेजिस्टेन्स भन्ने संगठनले आफूले खसालेको दाबी गरेको छ।

आईआरएनए समाचार एजेन्सीले पनि इरान(समर्थित उक्त समूहले घटनाको जिम्मेवारी लिएको दाबी गरिएको विज्ञप्ति जारी गरेको छ।

जसमा भनिएको छ, ‘इराकको राष्ट्रिय सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्न केसी(१३५ विमानलाई निसाना बनाएका हौँ ।


प्रतिकृया दिनुहोस्