
काठमाडौं । इरानले अब दुबईका बैंक र वित्तीय कार्यालयलाई निसान बनाउन थालेको छ। बिहीबार उसले वित्तीय जिल्लामा ड्रोन प्रहार गरेको छ।
यद्यपि ड्रोन आक्रमणमा कोही पनि घाइते भएनन्। तर यसले युद्धले दुबईको व्यापार र बैंकिङ क्षेत्रलाई पनि असर गरिरहेको संकेत गरेको बीबीसीले जनाएको छ।
इरानले अमेरिका र इजरायलको आक्रमणको जवाफमा पश्चिमी बैंकहरूलाई लक्ष्य गर्ने बताएको छ।
सिटी बैंकले संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका आफ्ना अधिकांश शाखा अस्थायी रूपमा बन्द गरिरहेको बताएको छ।
यस क्षेत्रका धेरै अन्य बैंक र व्यवसायीले पनि यस्तै कदम चालेका छन्।
इरानले अमेरिका र यसका खाडी सहयोगीहरूलाई आर्थिक र अन्य तरिकाले हानि पुर्याउन हमला जारी राखेको छ। यी देशहरू अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको युद्धमा फसेका छन्।
इरानले पश्चिमका महत्त्वपूर्ण क्षेत्रहरूलाई हानि पुर्याउन धेरै दिशामा आक्रमण गरिरहेको छ।
तेल, ढुवानी र बैंकिङ क्षेत्रलाई लक्ष्य गरिएको छ।














