Skip

Hamro Sanchar

रविले चुनावमा ९ लाख ८९ हजार खर्च गरे , बुझाए विवरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् ।

चिततवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।


प्रतिकृया दिनुहोस्