
काठमाडौं । अमेरिकाले आफ्नो सेनाले हर्मुज स्ट्रेटनजिकै बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले ती जहाजमा आक्रमण भएको देखाउने भिडिओ पनि जारी गरेको छ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा हर्मुजमा खडा १० इरानी जहाजमा आक्रमण गरेको बताएका थिए।
यो घटना अमेरिका, इजरायल र इरानबिच जारी युद्धका कारण यस समुद्री मार्गबाट जहाजहरूको आवागमनमा गम्भीर असर परिरहेका बेला भएको हो।
यो समुद्री मार्ग विश्वमा तेल ढुवानीका लागि सबैभन्दा महत्त्वपूर्ण मार्गमध्ये एक हो।
सीबीएस न्युजका अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूलाई इरानले हर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने तयारी गरिरहेको भन्ने आशंका थियो।












