Skip

Hamro Sanchar

पूर्वप्रधानमन्त्री भट्टराई आज भारतको दिल्ली जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

मार्च १२ देखि १४ सम्म भारत मण्डपममा हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम छ । समिटमा विभिन्न देशका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधि सहभागी हुने बताइएको छ

सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य र वातावरणजस्ता समसामयिक विषयमा छलफल हुने जनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

मार्च १४ मा हुने एक सत्रमा भट्टराईले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, लोकतन्त्र र युवाको भूमिकाबारे आफ्नो धारणा राख्ने छन् । भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्