
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छन् ।
अर्थमन्त्रीको हैसियतमा प्रयोगका लागि प्राप्त कूटनीतिक पासपोर्ट मन्त्री खनालले कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा म्ब् ण्ण्ण्द्दठज्ञण् नम्बरको राहदानी फिर्ता गरेका छन्।
उनले आफू अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “प्रस्थानको तयारीका क्रममा सार्वजनिक पदमा रहँदा प्रयोगका लागि उपलब्ध गराइएको एक मात्र सरकारी सम्पत्ति समर्पण गरियो।”
सरकारी पदमा रहेका व्यक्तिलाई कार्यकालको अवधिमा कूटनीतिक वा सेवा राहदानी उपलब्ध गराइने व्यवस्था हुन्छ। पदबाट बाहिरिँदा वा प्रयोग समाप्त भएपछि त्यस्ता राहदानी सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ।













