Skip

Hamro Sanchar

गगनलाई चन्द्र भण्डारीको सुझाव : राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


काठमाडौं । चुनाव हारेपछि कांग्रेस सभापतिबाट राजीनामा दिने मुड बनाएका गगन थापालाई नेता चन्द्र भण्डारीले राजीनामा नदिन सुझाव दिएका छन्।

प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा राजीनामा दिन मनस्थितिमा पुगेका हुन्। उनले सोमबार मात्रै उपसभापति विश्वप्रकाश शर्मासँग पनि यो विषयमा परामर्श गरेका थिए।

तर नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा अहिलेको विकल्प नभएको र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्ने धारणा ब्यक्त गरेका हुन् ।

‘उनले लेखेका छन् अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ ।

नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेको भन्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने उनको धारणा छ।

‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाईंआज पनि सम्भव छ— यदि इच्छाशक्ति र साहस छ भने,’ उनले भने ।

 


प्रतिकृया दिनुहोस्