Skip

Hamro Sanchar

गगनले भने : सभापतिबाट राजीनामा दिन्छु, नदिन विश्वको सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि पदबाट राजीनामा दिने मुड बनाएका छन्।

सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्।

नयाँ बानेश्वरमा जारी भेटवार्तामा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्। पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने थापाको धारण थियो।

‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु,’ उनले छलफलमा भनेका उपसभापति शर्मा सचिवालयले भन्यो।

उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।

‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेषमहाधिवेशनबाट आएको कार्यसमिति,’ शर्माको भनाइ छ।

नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थामा आएको परिणामलाई लिएर राजीनामा गर्न नपर्ने बरु सूक्ष्म रूपमा समीक्षा गरेर स्थिति सम्हाल्दै अघि बढ्नुपर्ने शर्माको तर्क छ ।


प्रतिकृया दिनुहोस्