Skip

Hamro Sanchar

समानुपातिकमा ६० लाख बढी मत गणना : रास्वपाको २९ लाख, अरुको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


काठमाडौं । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ ।

अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिव एक करोड १० लाख मत खसेको थियो ।

शुरुमा गणना हुँदा कुल सदर मतको ६० प्रतिशतसम्म मत पाएको रास्वपाले अहिले २९ लाख ३० हजार मत पाएको छ । उसको त्यो मत अनुपात ४९ प्रतिशत मात्रै हो । यो अनुपात उसले अन्तिम समयमसम्म पनि कायम राखे उसले समानुपातिकमा करिब ६० सिट पाउनसक्छ । ।

५९ लाख ७४ हजार मत गणना हुँदा कांग्रेसले ९ लाख ८३ हजार मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ । कांग्रेसले पाएको यो मत साढे १६ प्रतिशत हो ।

एमालेले ८ लाख ४८ हजार मत पाएको छ । १४ प्रतिशत मत पाएको उसले यो अनुपात अन्तिमसम्म कायम रहे करिब १८ सिट पाउने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको ४ लाख ८ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले यही अनुपात कायम रहे ८ सिट पाउन सक्छ ।

राप्रपाले २ लाख १० हजार मत पाएको छ । साढे ३ प्रतिशत मत पाएको राप्रपाले यो अनुपात कायम रहे ४ सिट पाउन सक्छ ।

श्रम संस्कृति पार्टीको एक लाख ६० हजार मत छ । साढे दुई प्रतिशतभन्दा केही बढी मत पाएको उसको ३ प्रतिशतको थ्रेसहोल्ड कटिसकेको छैन ।


प्रतिकृया दिनुहोस्