
काठमाडौं । अजरबैजान सरकारले आफ्नो देशमा इरानले ड्रोन प्रहार गरेको र दुई नागरिक घाइते भएको बताएको छ।
अजरबैजानको विदेश मन्त्रालयका अनुसार एउटा ड्रोनले नख्चिवान स्वायत्त गणतन्त्रको विमानस्थल टर्मिनल भवनमा र अर्को शाखराबाद गाउँको एक स्कुल भवननजिकै प्रहा गरिएको हो।
बीबीसीका अनुसार ड्रोन आक्रमणबाट विमानस्थल भवनमा क्षति र दुई नागरिक घाइते भएको अजरबैजानले जनाएको छ।
घटनापछि अजरबैजानको विदेश मन्त्रालयले अजरबैजानका लागि इरानका राजदूतलाई बोलाएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले आफ्नो देशमा हवाई हमला गरेयता इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी अड्डालाई लक्ष्य गरी आक्रमण गरिरहेको छ।
यसैबिच कतार र बहराइनमा पनि विस्फोट भएको रिपोर्ट आएका छन् ।












