काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका नवनियुक्त सर्वोच्च नेता मुजतबा खामेनीलाई पनि निशाना साँध्ने चेतावनी दिएका छन् ।
इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेता अली खामेनी मारिएका थिए । उनी मारिएपछि इरानमा उनका छोरा मुजतबालाई नयाँ सर्वोच्च नेता चयन गरिएको हो ।
८८ जना धर्मगुरुहरू सम्मिलित एक्सपर्ट्स एसेम्बलीुले उनलाई इरानको सर्वोच्च नेता चयन गरेको हो ।
इजरायली रक्षामन्त्री काट्जले इरानमा जोसुकै नयाँ नेता बने पनि इजरायलले उसलाई मार्ने वा खत्तम पार्ने बताएका हुन् । उनले इजरायलको विरुद्धमा लाग्ने वा इजरायललाई सिध्याउने कुरा गर्नेहरू इजरायलको निशानामा हुने चेतावनी दिएका छन्।
काट्जले नाम वा स्थानले फरक नपार्ने भन्दै इजरायलले उसलाई खोजेरै छाड्ने बताए ।












