Skip

Hamro Sanchar

इरानी युद्धपोतमा श्रीलंकानजिकै अमेरिकाले गर्‍यो आक्रमण, ८० सैनिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौं । भारतबाट फर्किरहेको इरानी युद्धपोत आईरिस डिनालाई अमेरिकाले बुधबार श्रीलंकानजिकै आक्रमण गरेर डुबाइदिएको छ।

आक्रमणमा अहिलेसम्म ८० जना इरानी नाविक मारिएको श्रीलंकाली सरकारले जनाएको छ।

अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, ‘एक अमेरिकी पनडुब्बीले हिन्द महासागरमा इरानी जहाजलाई टार्पेडोले ठोकाएर डुबाइदिएको छ। श्रीलंकाली नौसेनाले ३२ घाइते नाविकलाई उद्धार गरी अस्पतालमा भर्ना गरेको छ।’

जहाजमा लगभग १८० नाविक थिए। बेपत्ताहरूको खोजी भइरहेको छ।

इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरन्यासनल फ्लिट रिभ्युबाट फर्किरहेको थियो।

श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार मद्दतका लागि बुधबार बिहान खबर पठाइएको थियो।

जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट लगभग ४० समुद्री माइल ९लगभग ७५ किलोमिटर० टाढा थियो।


प्रतिकृया दिनुहोस्