Skip

Hamro Sanchar

इरानमा एक हजार ९७ नागरिकको मृत्यु,पछिल्लो २४ घण्टामा मात्र कम्तीमा १०४ आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ ।

अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी एचआरएएनए ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० वर्षमुनिका १८१ बालबालिका छन् ।

घाइतेहरूको संख्या पाँच हजार ४०२ पुगेको छ छ । जसमध्ये १०० जना बालबालिका रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा मात्र सैन्य अड्डा, अस्पताल र आवासीय क्षेत्रहरूलाई लक्षित गरी कम्तीमा १०४ आक्रमण भएका छन् । बीबीसी


प्रतिकृया दिनुहोस्