Skip

Hamro Sanchar

इजरायलमा कम्तीमा १० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् ।

इजरायलको ‘मागेन डेभिड एडोम’ (एमडीए)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अपरेसन रोअरिङ लायन’ सुरु भएदेखि एमडीए टोलीहरूले चिकित्सा उपचार प्रदान गरी २३८ जना घाइतेहरूलाई अस्पताल पुर्‍याएका छन् ।”

तीमध्ये १० जनाको मृत्यु, दुईजना गम्भीर घाइते, पाँचजना मध्यम घाइते र २२१ जना सामान्य घाइते रहेका छन् । जसमध्ये १७५ जना आश्रयस्थलतर्फ जाने क्रममा घाइते भएका विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेमध्ये नौजना बेट शेमेश सहरका रहेका छन्, जहाँ एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो ।
एमडीएले आश्रयस्थलतर्फ जाने क्रममा घाइते भएका १०२ वर्षीय वृद्धलाई चिकित्सा उपचार प्रदान गरेको जनाएको छ । उनलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

एमडीएद्वारा सार्वजनिक गरिएको भिडियोमा एउटा क्षेत्रबाट धुवाँको मुस्लो निस्किएको देखिन्छ, जहाँ नजिकै एम्बुलेन्स, प्रहरी भ्यान र दमकलहरू पार्क गरिएका छन् । अर्को भिडियोमा ध्वस्त भएका भवनहरू र भग्नावशेषका थुप्राहरूबीच उद्धारकर्मीहरूले काम गरिरहेको देखिएको थियो


प्रतिकृया दिनुहोस्