Skip

Hamro Sanchar

इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ ।

शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको विश्वस्त स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो ।

यद्यपि घटनाबारे इजरायल वा इरान सरकारबाट औपचारिक पुष्टि भने भइसकेको छैन ।


प्रतिकृया दिनुहोस्