Skip

Hamro Sanchar

इरानमाथि अमेरिकाको आक्रमण, ट्रम्प भन्छन्- मिसाइल उद्योग ध्वस्त पार्छौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमाथिको आक्रमणमा अमेरिका संलग्न भएको बताएका छन् ।

ट्रम्पले भिडियोमा अमेरिकाले इरानमा ठूला लडाइँका कारबाहीहरू सुरु गरेको उल्लेख गरेका छन् ।

‘हामीले बारम्बार सम्झौता गर्न खोज्यौं । हामीले प्रयास गर्‍यौं,’ उनले भनेका छन्, ‘हामी उनीहरूको मिसाइलहरू नष्ट गर्नेछौं र उनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं ।’


प्रतिकृया दिनुहोस्