Skip

Hamro Sanchar

पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । पाकिस्तान र अफगानिस्तान (तालिबान) बिच युद्ध सुरु भएको छ।

दुवै पक्षले एकअर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरिरहेका छन्। मारिएकाको संख्या फरक-फरक आइरहेका छन्।

यद्यपि दुई देशबिचको द्वन्द्व तत्काल रोकिने छाँट देखिएको छैन। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ।’

बीबीसीका अनुसार ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।


प्रतिकृया दिनुहोस्