Skip

Hamro Sanchar

केजरीवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १५ गते


काठमाडौं । मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्।

शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो।

मुख्यमन्त्री हुँदा मदिरा नीति ल्याएर करोडौं घोटाला गरेको भनेर उनलाई भारतको इन्फोर्समेन्ट डाइरोक्टेरट ९इडी०ले पदमा बहाल हुँदै पक्राउ गरेको थियो।

उक्त मुद्दामा केजरीवालसहित आम आदमीका २३ जना पक्राउ परेका थिए। उनीहरू सबैलाई आरोपमुक्त गरेको हो।

बिबिसी हिन्दीका अनुसार विशेष न्यायाधीश जितेन्द्र सिंहले फैसला सुनाउँदै सीबीआईको अनुसन्धानमा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन्।

अदालतले हजारौं पृष्ठको आरोप पत्रमा समावेश सामग्रीहरूले कुनै पनि साक्षीको बयानलाई समर्थन नगरेको उल्लेख गर्दै आरोपपत्रमा भ्रामक दाबी गरेको भनेको छ।

अदालतले सिसोदियाविरुद्ध प्रथम दृष्टिमै मुद्दा बन्ने आधार प्रस्तुत गर्न सीबीआई असफल भएको केजरीवालविरूद्ध ठोस प्रमाणसमेत मुद्दामा समावेश नभएको भनेको छ।

एचझष्भचीबहmष् दबलप
हिन्दुस्तान टाइम्सका अनुसार अदालतले सीबीआईको आरोपपत्रलाई स्वीकार गर्न अस्वीकार गरेको छ। आदेशमा अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाणलाई समर्थन गर्ने कुनै ठोस सामग्री नभेटिएको उल्लेख गरिएको छ।

अदालतलको फैसलापछि केजरीवाल पत्रकारहरूसँगको कुराकानीमा भावुक समेत भए।

ुम भ्रष्ट छैन। अदालतले केजरीवाल र मनीष सिसोदिया इमानदार हुन् भनेको छ। भाजपाको षड्यन्त्र गरेर ६ महिना जेलमा राख्यो, उनले भने।

इडीले पक्राउ गरेपछि सीबीआईले सन् २०२२ मा पहिलो आरोपपत्र दायर गरेको थियो र त्यसपछि पूरक आरोपपत्रहरू पेश गरेको थियो।

त्यतिबेला खारेज भइसकेको मदिरा नीति आफ्नो पक्षमा पार्नका व्यापारिक घरानाबाट १०० करोड रूपैयाँ लिएको आरोप केजरीवालमाथि लगाइएको थियो।

उक्त मुद्दामा अरविन्द केजरीवाल र मनीष सिसोदिया दुवैलाई उनीहरू क्रमशः मुख्यमन्त्री र उपमुख्यमन्त्री रहँदा पक्राउ गरिएको थियो।

समाचार एजेन्सी एएनआईका अनुसार यस मुद्दामा केजरीवाल र सिसोदियासहित काविथा, कुलदीप सिंह, नरेन्द्र सिंह, विजय नायर, अभिषेक बोइनपल्ली, अरुण रामचन्द्र पिल्लै, मूथा गौतम, समीर महेन्द्रु, अमनदीप सिंह धल, अर्जुन पाण्डे, बुच्चिबाबु गोरनटला, राकेश जोशी, दामोदर प्रसाद शर्मा, प्रिन्स कुमार, चनप्रीत सिंह रायात, अरविन्द कुमार सिंह, दुर्गेश पाठक, अमित अरोरा, विनोद चौहान, आशीष माथुर र पी सरथ चन्द्र रेड्डी आरोपपत्रमा समावेश थिए ।


प्रतिकृया दिनुहोस्