Skip

Hamro Sanchar

पाकिस्तानले गर्‍यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १५ गते


काठामाडौं । पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा शुक्रबार बमबारी गरेको छ ।

महिनौँदेखिको प्रतिशोधात्मक झडपपछि इस्लामाबादका रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् ।

पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ । यी दुई छिमेकीबीचको सम्बन्ध हालैका महिनामा निकै चिसिएको छ । गएको अक्टोबरमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिने गरी भएको लडाइँपछि स्थल सीमानाका प्रायः बन्द छन् ।

इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने चरमपन्थी समूहविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाउँदै आएको छ । तालिबान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।

“काबुल, पक्तिया ९प्रान्त० र कान्दाहारमा रहेका अफगान तालिबानका रक्षा लक्ष्यलाई निसाना बनाइएको छ,” पाकिस्तानी सूचनामन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

ल्ःद्य द्यबलप
रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग ‘पूर्ण मुठभेड’को घोषणा गरेका छन् । “हाम्रो धैर्यको सीमा नाघेको छ । अब हामी र तपाईंहरूबीच खुला युद्ध सुरु भएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो देशको सशस्त्र सेनासँग ‘कुनै पनि आक्रामक महत्त्वाकांक्षालाई कुल्चने पूर्ण क्षमता’ रहेको बताएका छन् ।

अफगान राजधानीमा एएफपीका पत्रकारहरूले धेरै घण्टासम्म लडाकु विमानको आवाज र कैयौँ ठूला विस्फोट सुनेका थिए । त्यसलगत्तै गोली चलेको आवाज पनि सुनिएको थियो ।

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा बस्छन् । त्यहाँ रहेका एएफपीका संवाददाताले आफ्नो टाउकोमाथि लडाकु विमानहरू उडेको आवाज सुनेको बताएका छन् ।

तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणको पुष्टि गरेको छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसमा कुनै मानवीय क्षति नभएको बताएका छन् । उनले यसअघि ‘पाकिस्तानी सेनाले पटक–पटक गरेको उल्लंघनको जवाफमा’ सीमामा ‘ठूलोस्तरको आक्रामक कारबाही’ सुरु गरिएको घोषणा गरेका थिए ।

अफगान रक्षा मन्त्रालयले जमिनबाट गरिएको आक्रमणमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्