Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिरियामा अमेरिकाको सैन्य हमला, अल-कायदाका नेता मारिएको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


Advertisement

काठमाडौं । अमेरिकाले सिरियामा गरिएको सैन्य हमलामा अल-कायदाका नेता बिलाल हसन अल-जसिम मारिएको दाबी गरेको छ।

अमेरिकी अधिकारीहरूले उनको सम्बन्ध सिरियामा एम्बुसमा तीन अमेरिकीको हत्या गर्ने इस्लामिक स्टेट आतंककारीसँग रहेको दाबी गरेका छन्।

अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्ति जारी गरी अल-कायदाका नेता अल-जसिम शुक्रबार उत्तरपश्चिम सिरियामा भएको हमलामा मारिएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते बनाउने इस्लामिक स्टेट बन्दुकधारीसँग उनको सीधा सम्बन्ध थियो।’

तर यो दाबीलाई अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।

२०२५ डिसेम्बर १३ तारिख मध्य सिरियामा भएको आक्रमणमा तीन अमेरिकी मारिएयता अमेरिकाले इस्लामिक स्टेटविरुद्ध आक्रमण गरिरहेको छ।


प्रतिकृया दिनुहोस्