Skip

Hamro Sanchar

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।

ट्रुथ सोसलमा सेयर गरिएको पोस्टमा भेनेजुएलाको हालैको घटनाक्रमपछि ट्रम्पलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देखाइएको डिजिटल रूपमा सम्पादित एउटा तस्बिर देखिन्छ ।

ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।

 


प्रतिकृया दिनुहोस्