Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चुनावपछि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउँछौँ : ज्ञानेन्द्र शाही

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने दाबी गरेका छन्।

झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने मुद्दाका साथ अघि बढ्ने बताए।

उनले भने, ‘अब आउने चुनावमा हाम्रो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने जिम्मा झापाली जनताको हातमा छ। हामी त्यही मुद्दाका साथ अघि बढ्छौँ अहिले कसले कति भोट र सीट ल्यायो भन्ने कुरा ठुला होइन।’

उनले अब बन्न नयाँ दललाई पनि राष्ट्रियताको मुद्दामा सही बाटोमा आउन आग्रह गरे। प्रदेश संरचना खारेज नगरी देश समृद्धि बन्न नसक्ने उनको भनाइ छ।

अहिलेको व्यवस्था खारेज गरेर नयाँ सम्झौता गर्नुपर्ने बताए। उनले पार्टी अध्यक्ष भ्रष्टाचार नगर्नेहरूको नेतृत्व गर्दै गर्दा झापाकै एमाले अध्यक्ष केपी ओलीले गिरिबन्धु टिस्टेटको जग्गा खाएको आरोप लगाए ।


प्रतिकृया दिनुहोस्