Skip

Hamro Sanchar

बालेनलाई भेट्न पुगे पूर्वप्रधानमन्त्री बाबुराम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।

ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् ।

बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् ।

यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेनजी अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्