Skip

Hamro Sanchar

भारको कर्नाटकमा बस र ट्रक ठोक्किंदा ११ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।

चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।

बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको उनले जानकारी दिएका छन् ।

‘दुर्घटनामा परेको बस स्लीपर कोच हो । ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शव पहिचान गरेका छौं । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेका छौं’, जिल्लाधिकारीले भनेका छन् ।

घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको बीबीसीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्